काठमाडौँ - भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल बाहिरिएको छ। शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भएको थियो।
आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले १/१ गोल गरेका थिए। छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो।
समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। नेपाल भने अंकबिहीन छ। नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।