बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र इसीजी

बागलुङ - बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन। गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, भण्डारीले भने, ‘स-शुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन्।’ उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ। छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×