‘लाखे’मा अनुबन्धित भइन् वर्षा राउत

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘लाखे’ अहिलेबाट चर्चामा छ। यसैबिच खबर आएको छ कि अभिनेत्री वर्षा राउत पनि चलचित्रमा अनुबन्धित भएकी छिन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले उनीसँग सम्झाैता गरेका हुन्। उनले चलचित्रकाे कथा मन परेका कारण आफू चलचित्रमा जोडिएको बताइन्। चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल आदि कलाकारहरू अनुबन्धित भइसकेका छन्।  ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निर्माता सिजन अर्यालको कथा रहेको छ। चलचित्रको छायांकन पुसको दोस्रो साताबाट सुरु हुने निर्माण पक्षले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×