बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा लामालाई शपथ गराएका हुन् ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार नै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।