कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ -  वरिष्ठ लोक गायक कुमार बस्नेतलाई रेडियो कान्तिपुरले सम्मान गरेको छ। शुक्रवार काठमाडौंमा रेडियो कान्तिपुरको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित नेशनल म्युजिक अवार्ड-२०७८ मा झण्डै सात दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय लोक गीतका सर्जक बस्नेतलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको हो।

सम्मानित भएपछि रेडियो कान्तिपुरलाई धन्यवाद दिँदै गायक बस्नेतले आफ्नो सांगीतिक करियरको थालनी नृत्य कलाकारको रुपमा भएको खुलासा गरे। उनले भैरवबहादुर थापासंग नृत्य सिक्दै २०१५ सालदेखि गायनमा समेत अग्रसर भएको बताए।

समारोहमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले रेडियो कान्तिपुरबाट एक वर्षभरी प्रसारण भएका गीतका स्रष्टालाई रोयल्टी प्रदान गर्दै आएकोमा कुमार बस्नेत जस्ता नक्षत्रलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे।

कार्यक्रममा गायक सुरजकुमार थापा तथा धर्मेन्द्र सेवानले गायक बस्नेतको सम्मानमा तिम्रो बाउलाई सलाम छ, भाले बास्यो पियारी,हेर्दा राम्रो माछापुच्छ्रे आदि गीत प्रस्तुत गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×