टी-२० विश्वकपका लागि जिम्बावेको टिम घोषणा

काठमाडौँ - अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप २०२२ का लागि धमाधम टिमहरु घोषणा भइसकेका छन्। पछिल्लो समय जिम्बावेले पनि विश्वकप खेल्ने आफ्नो टिम घोषणा गरेको छ।

बिहीबार जिम्बावेले १५ सदस्यीय टिम घोषणा गर्दा स्टार ब्याटर क्रेग इरविनले कमब्याक गरेका छन्। अष्ट्रेलियामा अक्टोबरमा हुने विश्वकपका लागि जिम्बावेले १५ सदस्यको टिम घोषणा गर्दा ५ खेलाडीलाई रिजर्भ राखेको छ।

टिममा तेन्दई चतारा, वेलिंगटन मसाकाद्जा र मिल्टन सुबा जस्ता स्टार खेलाडी पनि समावेश गरिएको छ। यस्तै बलिङ डिपार्ट भने ब्लेसिंग मुजरबानीले सम्हाल्ने छन्। टिममा टदीवानाशे मरुमानी, इनोसेन्ट काया, केविन कसुजा, भिक्टर न्याउची र तनाका चिवंगालाई रिजर्भ खेलाडीको रुपमा समावेश गरिएको छ। 

जिम्बावेको टिममाः क्रैग इरविन (कप्तान), रयान बर्ल, रेजिस चकाबवा, तेंदई चतारा, ब्रैडली इवांस, ल्युक जोंगवे, क्लाइव मदांडे, वेस्ले मैधेवेरे, वेलिंग्टन मसाकद्जा, टोनी मुनयोंगा, ब्लेसिंग, मुजराबानी, रिचर्ड एनगारवा, सिकन्दर रज़ा, मिल्टन शुम्बा, सीन विलियम्स।

रिजर्भः तदीवानाशे मरुमानी, इनोसेंट काया, केविन कसुजा, विक्टर न्याउची र तनाका चिवंगा।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×