कोरोनाका कारण स्थगित भयो ‘मिस वर्ल्ड २०२१’

प्यूर्टो रिको। कोरोना भाइरसका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ। प्रतियोगितामा सहभागी धेरैलाई कोरोना संक्रमण देखिएपछी आयोजकले कार्यक्रम स्थगित गरेको हो। बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा सम्पन्न हुन लागेको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टबाट दिइएको हो। खबरका अनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा कोरोना संक्रमण देखिएको छ। तिमध्ये सातजनालाई आइसोलेसनमा राखिएको छ। आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने बताएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूको मञ्जुरीपछि प्रतियोगीहरूले घर फर्कन अनुमति पाउनेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×