नामिबियासँग अमेरिकाको लज्जास्पद हार

काठमाडौँ - अमेरिकाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ७९ रनको लज्जास्पद हार व्यहोरेको छ। जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३१.५ ओभरमा ९७ रनमा अल आउट भयो।

अमेरिकाका आरोन जोन्सले ७६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा आउट भएका थिए। स्टिभ टेलर ११ र गजानन्द सिंह १५ रनमा आउट भए। नामिबियासँग लज्जास्पद ब्याटिङ गर्नेक्रममा अमेरिकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नामिबियाका जान फ्रिलिंकले ६ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए। बेर्नार्ड शोल्ट्जले ८.५ ओभरमा ४ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए। जान निकोलले २ विकेट लिएका थिए।

त्यसअघि अमिनी पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४८.३ ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो। नामिबियाका ओपनर डिभन ला कुकले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाएका थिए।

स्टेफन ब्राड २५, जेरार्ड इरास्मसले २७ र ज्यान फ्रिलिंक २२ रनमा आउट भए। अमेरिकाका सौरभ नेत्रवालकर, स्टिभ टेलर र नाषुतोश केन्जिगेले २/२ विकेट लिएका थिए।

नामिबिया १९ खेलमा १० बलमा जित र ९ मा हारसहित २० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ। अमेरिका ३१ खेलमा १३ मा जित र १५ मा हारका साथ २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। नेपाल २० खेलमा ८ मा जित, ११ मा हार र १ टाईसहित १७ अंक जोड्लै छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×