हेटौंडा - मकवानपुरमा सत्तारुढ गठबन्धन दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएका छन्।
नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार हेटौँडामा बसेको प्रदेशस्तरीय गठबन्धन बैठकले उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएको हो। मकवानपुरमा पाँच स्थानीय तहमा कांग्रेस, तीनमा नेकपा (माओवादी केन्द्र) र दुईमा नेकपा (एकीकृत समावजादी)लाई प्रमुख पद बाँडफाँट गरिएको छ।
कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरि, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख÷अध्यक्ष तथा माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुख/अध्यक्ष तथा एकीकृत समाजवादीलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ।
उपप्रमुख/उपाध्यक्षमा कांग्रेसलाई हेटौँडा, थाहा, भीमफेदी, इन्द्रसरोवर र बागमती तथा माओवादी केन्द्रलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैयामा उपप्रमुख/उपाध्यक्ष पद दिने सहमति भएको छ ।