काठमाडौँ - बलिउड अभिनेत्री कट्रीना कैफको आगामी फिल्म 'फोन भूत'को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक गरिएको ट्रेलरमा कट्रीना भूतको भूमिकामा देखिएकी छिन् भने सिद्धान्त चतुर्वेदी र इशान खट्टरले भूत देख्ने शक्ति पाउछन्। फिल्ममा ज्याकी श्राफ नकारात्मक भूमिकामा देखिएका छन्।
यो फिल्मलाई गुरमीत सिंहले निर्देशन गरेका हुन्। कमेडी हरर फिल्ममा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधी विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय रहेको छ।
रितेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको फिल्मको कथा रवि शंकर र जस्भिन्दर सिंहले तयार पारेका हुन्। यो फिल्म कार्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ।