काठमाडौँ - युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएरातिकाे खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएकाे छ। बार्सिलोना समूह `सी´ अन्तर्गतकाे खेलमा इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएकाे हाे।
घरेलु मैदान सान सिराेमा हाकान काल्हानोग्लुले पहिलाे हाफकाे थप गरिएकाे समयमा गरेकाे १ मात्र गाेल इन्टलाई जित दिलाउन पर्याप्त बन्याे। उनले समयमा फेडेरिकाे डिमार्काेकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए। याे जितसँगै ३ खेलमा ६ अंक जाेडेकाे इन्टर दोस्रो स्थानमा रहँदा पराजित बार्सिलोना समान खेलमा ३ अंकका साथ तेस्रोमा रहेको छ।
लिगअन्तर्गकै अन्य खेलमा क्लब ब्रुगले एथलेटिकाे मड्रिडलाई २–० ले पराजित गर्दा टाेटेनहमले फ्रान्कफुर्टसँग गाेलरहित बराबरी खेलेकाे छ।