प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट उपाधि विभागीय टिम एपीएफले जितेको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा एपीएफले अर्को विभागीय क्लब त्रिभुव आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै एपीएफले १० लाख नगद हात पारेको छ। उपविजेता बनेको आर्मीले ५ लाख हात पार्‍यो।

विवादका कारण ४० ओभरमा छोट्याएको खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुँदै १ सय ७९ रनको स्कोर बनाएको थियो। जवाफमा एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

एपीएफको जितमा भुवन कार्कीले सर्वाधकि ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै सुमित महर्जनले ३४ रन बनाउँदा प्रदीप ऐरीले २० रनको योगदान दिए। थप दोहोरो स्कोरका रुपमा सुदिप जोराले १७ रन बनाउँदा कप्तान सरद भेषवाकर १६ रनमा अविजित रहेका थिए। आसिफ सेख १४ रनमा आउट भएका थिए।

आर्मीका लागि जितेन्द्र मुखियाले २ विकेट लिँदा सोमपाल कामी, विक्रम सोव र हरि चौहानले समान १/१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा जितेन्द्र मुखियाले २४ रन बनाएका थिए। त्यस्तै राजेश पुलामीले १८ रन बनाउँदा सुशान भारी १९ रनमा आउट भए। हरि चौहान १५ रनमा पेभिलियन फर्किँदा विनोद भण्डारीले ११ रन बनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×