काठमाडौँ - गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को डिजिटल अडिसन खुला भएको छ। प्रतियोगिहरूले १५ मे अर्थात जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्।
चौथो सिजनको अडिसन खुला गरिएको 'द भ्वाइस अफ नेपाल' को आधारिक फेसबुक पेजमार्फत् जानकारी दिइएको छ।
डिजिटल अडिसनमार्फत् डेढ सय जना छनोट गर्ने आयोजकले जनाएको छ। ब्लाइन्ड अडिसनको सुटिङ आगामी दुई महिनामा सुरु हुने समेत बताइएको छ।