काठमाडौँ। लोकप्रिय गायक राजेश पायल राई र गायन रियालिटी शो 'द भ्वाइस किड्स'बाट चर्चामा आएकी बाल गायिका पेमा डेचेन तामाङको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'सै हँमा' बोलको उक्त गीतमा गायक राईकै संगीत रहेको छ भने टिका चामलिङ्गको शब्द रहेको छ। त्यसैगरि राजु कार्कीको संयोजन रहेको छ।
गीतको भिडियोमा दुवै गायक/गायिकालाई स्टुडियोमा गाउँदै गरेको देख्न सकिन्छ। गीतको भिडियो गायक 'राजेश पायल राई'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: