नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौँ- ओमानमा जारी चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।  नेपाली कप्तान सन्दीप लामिछानेले ओमानको अल अमिरात क्रिकेट मैदानमा भर्खरै भएको टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्। 

नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। विस्फोटक ब्याटर लोकेश बमले डेब्यू गरेको खेलमा तीव्र गतिका बलर जितेन्द्र मुखिया र स्पिनर साहब आलमलाई मौका दिइएको छ। 

शुक्रबार भएको ओमानविरुद्धको खेल खेलेका अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरीलाई बेन्चमा राखिएको छ। नेपालको सुरुवाती–११ मा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, लोकेश बम, विवेक यादव, सहाब आलम, जितेद्र मुखिया, कमलसिंह ऐरी, र आरिफ सेख छन्। 

टी-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप नेपालले जारी शृंखला खेल्दैछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×