काठमाडौँ। अहिले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका खेलहरु भइरहेका छन्। सोहिक्रममा आज नेपाली महिला क्रिकेट टोली मलेसियाविरुद्ध मैदानमा उत्रिदैछ। खेल बिहान ११ः१५ बजे दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालले ग्लोबल छनोटको सम्भावना कायम राख्न जित निकाल्नु पर्ने हुन्छ। नेपालले पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेको छ भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको छ। त्यसैगरि तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको छ। नेपाल ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा छ। नेपालले आइतबार युएईविरुद्ध अन्तिम खेल खेल्नेछ। विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।