‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

काठमाडौँ - बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ। जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो। जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिदै छन्।

निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन्। करणले २०२१ मा यो फिल्मको घोषणा गरेका थिए। 

फिल्ममा राजकुमार र जाह्न्वी क्रिकेटरको रुपमा देखिँदैछन्। फिल्म ७ अक्टुवर २०२२ फिल्म रिलिज हुनेछ। शरण शर्माको निर्देशन रहने फिल्ममा अभिनयका लागि जाह्न्वीले क्रिकेटको ट्रेनिङ पनि लिएकी छिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×