इटालीयन सिरी ए: नापोलीको लय कायम

काठमाडौँ - इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ। बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा २ अंकको अग्रता कायम राखेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले १-१ गोल गरेका थिए। बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त हुन सकेन।

जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। बोलोग्ना समान खेलबाट ७ अंक सहित १७औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×