आइपीएलकाे मिनी अक्सनका लागि ९९१ खेलाडी दर्ता

काठमाडौँ - यसै महिनाकाे २३ तारिखकमा काेच्चिमा हुने आईपीएल २०२३ काे मिनि अक्सनका लागि ९९१ खेलाडीले नाम रजिष्ट्रेशन गरेका छन्। अपेक्षित रूपमा, भारतबाट सबैभन्दा बढी ७१४ क्रिकेटरहरूले आफ्नो नाम राखेका छन्। २७७ विदेशी खेलाडी पनि दर्ता भएका छन्। जसमध्ये १ सय ८५ क्याप र ७८६ अनक्याप खेलाडी छन्। २० खेलाडी एसोसिएट देशका छन्।

२०२३ काे आइपीएलमा १० टाेलीबीच कुल ७४ खेल खेलिनेछ। आईपीएलको १६ औं संस्करण मार्चको तेस्रो साताबाट सुरु भएर मेको अन्त्यसम्म चल्ने अपेक्षा गरिएको छ। सन २०२२ को आईपीएल २६ मार्च देखि २९ मे सम्म सुरु भएको थियो। पछिल्लो उपाधि गुजरात टाइटन्सले जितेको थियो।

२०२२ मा पहिलो पटक आईपीएलमा ८ को सट्टा १० टोली सहभागी भएका थिए। २ नयाँ टोली गुजरात टाइटन्स र लखनउ सुपरजाइन्ट्स प्रतियोगितामा प्रवेश गरेका छन्।

प्रतियोगिताको फाइनलमा हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। २००८ को पहिलो सिजन बाहेक, गुजरात टाइटन्स आफ्नो डेब्यु प्रतियोगितामा नै उपाधि जित्ने पहिलो टोली बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×