द भ्वाइस अफ नेपालको चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने

काठमाडौँ - प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुनेछ।

डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन्। यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी रहने छन्।

निर्देशक लक्ष्मण पौडेलका अनुसार ४ जना कोचले प्रत्येक टिममा १६ जना प्रतिस्पर्धी सहभागी हुने गरी ड्रिम टिम गठन गर्नेछन्। ‘खासमा यो कम्पिटिसन प्रतिस्पर्धीको होइन, कोचबीचको हो,’ पौडेलले भने।

चौथो सिजनमा कुल ३१ एपिसोड हुनेछन्, जुन १६ साता चल्नेछ। यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका प्रतिस्पर्धीलाई कोचले कुर्सी घुमाएर हेर्न पाउनेछैनन्। चौथो सिजनमा ‘नो चियर अन’ शैली अपनाउने निर्देशक पौडेलले जानकारी दिएका छन्।

यसपटक टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर मोटरसाइकल रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×