काठमाडौँ - म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपको मुद्दा खारेज भएको छ। सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन्।
तर,अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि त्यहाँका न्यायाधीश जेनिफर डाेर्सेले मुद्दा खारेज गरेका हुन्। आरोपीका वकिलले चोरी भएको तथा चुहावट भएको सूचनाको भरमा रोनाल्डोमाथि आरोप लगाएको भन्दै न्यायाधीशले उक्त मुद्दा राखेज गरेको बीबीसीले जनाएको छ।
यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै उक्त आरोपको अस्वीकार गर्दै आएका थिए भने उनीमाथि कहिल्यै पनि आरोप प्रमाणित भएको थिएन्।
रोनाल्डोमाथि आरोप लगाउने उक्त युवतीले सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि ३ लाख ७५ हजार डलर माग गरेकी थिइन्। तर,रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।