संघीय संसदका दुवै सदनको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज –बिहीबार) पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×