काठमाडौँ - गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ। राखेपका अनुसार प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जना सहभागि रहने छन्।
खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ।
जेठ २ गतेबाट बन्द प्रशिक्षण सुरु हुने छ। नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ।