आईसीसी टी-२० क्रिकेटमा आज दुई खेल

काठमाडौँ - आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्।

अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ।

समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ। यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने दाउमा हुनेछ। भारत समूह २ का ४ मध्ये ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।

अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×