लामो समयपछि जितु दमनको जोडी फेरी एउटै सेटमा

काठमाडौं - जितु नेपाल र दमन रुपाखेतीको जोडीलाई एक समय निकै रुचाइएको थियो। तर एक समयमा हिट भएको यो जोडी केहि वर्ष देखि छुट्टिएको थियो।

तर अब भने जितु दमनको जोडीलाई फेरी पनि एउटै सेटमा देख्न पाइने भएको छ। राम्रै चर्चा बटुलेको ‘मुन्द्रेको कमेडी क्लब’मा जितु नेपालले दमन रुपाखेतीलाई भित्र्याउन लागेका हुन्। छन्। ‘मुन्द्रेको कमेडी क्लब’को तयारी गरिरहेका जितुले अब दमनसँग सहकार्य गर्ने योजना बनाएका हुन्।

एक अन्तरवार्तामा हास्यकलाकार जीतुले दमन आफ्नो सिनियर हुनुको साथै साथी पनि रहेको कारण अब यस कार्यक्रममा दमनसँग सहकार्य हुने जानकारी दिएका हुन्। जीतुले सेट डिजाइनको काम गरिरहेको र एजेन्सीसँग फाइनल भएपछि कलाकारहरु पनि सार्वजनिक हुने जानकारी दिएका छन्।

यता ‘मुन्द्रेको कमेडी क्लब’मा फुलन्देकी आमा नामबाट राम्रै चर्चा बटुलेका उमेश राईलाई भने अचेल नेपाल टेलिभिजनबाट प्रसारण भइ रहेको ‘कमेडी क्लब विथ च्याम्पियन’मा देखिइ रहेको छ। यसकारण पनि उनी ‘मुन्द्रेको कमेडी क्लब’मा नदेखिने सम्भावना निकै रहेको छ। 

लामो समयपछि सहकार्य गर्न लागेका जीतु-दमनको जोडीले यस कार्यक्रममार्फत आफूलाई कतिको सबल सावित हुनेछन् त्यो भने कार्यक्रम सार्वजनिक भएपछि नै थाहा होला।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×