छोरी श्रुति हासनले बताइन् बुवा कमल हासनको स्वास्थ्य अवस्था

भारत। बलिउड तथा दक्षिण भारतीय अभिनेता कमल हासनलाई हालै कोरोना संक्रमण पुष्टि भएको थियो। केहि दिनअघि अमेरिकाबाट फर्किए लगत्तै उनले आफ्नो सामाजिक सञ्जालबाट आफुलाई कोरोना भएको जानकारी दिएका थिए। साथै उनले अहिले महामारी नसकिएको हुनाले सबैलाई सुरक्षित रहन सुझाव दिएका थिए। यसैबिच उनकी छोरी तथा अभिनेत्री श्रुति हासनले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट बुवाको स्वास्थ्य अवस्थाको जानकारी दिएकी छिन्। उनले लेखेकी छिन् "तपाईहरू सबैको शुभकामना र प्राथनाका लागि धेरै धेरै धन्यवाद। उनको स्वास्थ्यमा सुधार हुँदैछ र उनले चाडै नै तपाईहरुसँग कुरा गर्नेछन्।" त्यसैगरि अभिनेता रजनीकांतले पनि कमल हासनलाई फोन गरेर उनको स्वास्थ्य अवस्था बुझेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×