एजेन्सी। ९० को दशकमा प्रदर्शनमा आउने लोकप्रिय भारतीय टेलिभिजन 'शक्तिमान' अब चलचित्रको रूपमा आउने भएको छ।
सोनी पिक्चर्सले हालै आफ्नो आउँदो चलचित्रमा 'शक्तिमान'को घोषणा गरेको हो। सोनी पिक्चर्सले शक्तिमानको एडेप्टेशन राइट्स पनि खरिद गरिसकेको छ। शक्तिमानको भूमिकामा देखिएका कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले संयुक्त रूपमा चलचित्र बनाउने भएका हुन्। तर, मुकेश चलचित्रमा शक्तिमानको भूमिकामा देखिने छैनन्। उनको सट्टा चलचित्रमा कसले शक्तिमानको भूमिका निभाउने भन्ने कुराको टुंगो भने लागिसकेको छैन।
निर्माण पक्षले चलचित्रसमबन्धि सम्पूर्ण जानकारी चाडै नै सार्वजनिक गर्ने भारतीय' सञ्चारमाध्यमले जनाएका छन्।