काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को अस्ट्रेलिया अधिकार महँगो रकममा विक्री गरिएको छ। ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरलाई चलचित्रको अधिकार विक्री गरिएको हो।
चलचित्र अस्ट्रेलियामा प्रदर्शन लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले लिएका छन्। झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा रहेका छन्।
सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको छ।