नेपालमा छायांकन गरिएको बलिउड फिल्म 'उचाइ' कात्तिक २५ गतेदेखि प्रदर्शन हुने

काठमाडौँ - काठमाडौँदेखि सगरमाथाको फेद नाम्चेसम्म सुटिङ गरिएको बलिउड फिल्म नोभेम्बर ११ मा हलमा रिलिज हुने भएको छ। बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेको फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका छन्।

नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने ४ साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिकाको मुख्य भूमिका रहेको छ। सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन्।

नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए। उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो। फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ।

राजश्री प्रडक्सनले निर्माण गरेको फिल्मको नेपालमा महिना दिन हाराहारी सुटिङ गरिएको थियो। मुम्बईमा गरिएको दोस्रो स्ड्युलमा नेपालका कलाकारले पनि अभिनय गरेका छन्। मुम्बईको सेटमा खिचिएको गीतमा ४ कलाकारले नेपाली टोपी लगाएर नाचेको दृश्य मिडियामा चर्चाको विषय बनेको थियो।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×