विश्वकप लिग २: नेपाल, अमेरिका र ओमानबीचको सिरिज जेठ अन्तिम साताबाट

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल, अमेरिका र ओमानबीच हुने सिरिज आउँदो जुन ( जेठ)मा अमेरिकामा हुन लागेको हो।

सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्ने भएको छ। ओमान र नेपालबीचको खेल जुन ९ तारिख (जेठ २६)मा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा खेल्ने छ। जुन १४ मा फेरि नेपालले ओमानसँग भने जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ। लिग २ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×