काठमाडौँ। अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेमसम्बन्धको चर्चा अक्सर चल्ने गरेको छ। तर, जोडीले आधिकारिक रूपमा यो कुरा स्वीकारेको छैन।
यसैबीच नीता र हरिहरको जोडीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउने भएको छ। नीताको निर्देशन रहने चलचित्रमा हरिहर र नीताकै जोडीलाई देखिनेछ। चलचित्रका लागि हाल लोकेसन खोजीसँगै स्क्रिप्टको काम भइरहेको बताईएको छ। खबरका अनुसार चलचित्रको छायांकन आगामी वर्षको भदौबाट सुरु गरिनेछ।
जोडीले चलचित्र अघि सिरिज ‘श्रीमद्भावगत गीता’को छायांकन गर्नेछ।जसको छायांकन जेठबाट सुरु गरिनेछ।