प्रशिक्षक हान्सी फ्लिक जर्मनीको मुख्य प्रशिक्षक कायम रहने

काठमाडौँ - कतार विश्वकपमा समुह चरणबाटै बाहिरिएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले मुख्य पदबाट राजीनामा दिने चर्चा चलेको थियो। तर, जर्मनीको मुख्य प्रशिक्षक उनी नै कायम रहने भएका छन्।

जर्मनी लगातार दोस्रो पटक समुह चरणबाटै बाहिरिएको हो। पछिल्लो समय अन्य देशका प्रशिक्षकले आफ्नो पदबाट राजीनामा दिइरहेको अवस्थामा उनले पनि राजीनामा दिने अनुमान गरिएको थियो। तर, जर्मन फुटबल एसोसियसनले २०२४ को युरोकपसम्म फ्लिकलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

उनी सन् २०२१ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×