अमिषा पटेलविरुद्ध ठगीको मुद्दा

काठमाडौँ- ‘गदर एक प्रेम कथा’ जस्ता हिट फिल्ममा गम्भीर भूमिकाबाट प्रशंसा पाएकी अभिनेत्री अमिषा पटेललाई लिएर मध्यप्रदेशमा निकै हंगामा भएको छ। अमिषा पटेललाई खण्डवामा नवचण्डी महोत्सव मेलाको समापनको अवसरमा आयोजना गरिएको स्टार नाइटमा प्रस्तुति दिन बोलाइएको थियो।

यस शोको लागि अमिषाले करिब पाँच लाख रुपैयाँ शुल्क लिगेकी थिइन्। तर, कार्यक्रममा उनले जम्मा ३ मिनेट मात्रै प्रस्तुति दिएकी थिइन्। यसपछि दर्शकले हंगामा मच्चाए। आयोजकले अमिषा पटेललाई कार्यक्रम गर्न आग्रह गरे पनि उनी कार्यक्रम छाडेर हिँडिन्। सोही विषयमा उनीविरुद्ध ठगीको मुद्दा दायर भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×