काठमाडौँ - एमसीसीबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे वानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बस्ने स्थायी कमिटी सदस्य बलराम बास्कोटाले जानकारी दिए। एमसीसीका केही प्रावधान संशोधन नभएसम्म पक्षमा मतदान गर्न नसकिने समाजवादीले बताउँदै आएको छ।
गठबन्धन जोगाउन ब्याख्यात्मक घोषणासहित एमसीसी पास गर्नुपर्ने समाजवादीमा कुरा उठे पनि निर्णय भने भइसकेको छैन। आजको बैठकले टुङ्गो लगाउने अपेक्षा गरिएको छ। आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ। त्यसअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।