सामंथा र नागाको जम्काभेट : गरे एक-अर्कालाई इग्नोर

भारत। दक्षिण भारतीय कलाकार सामंथा रुथ प्रभु र नागा चैतन्यले हालै मात्र एकअर्काको सहमतीले सम्बन्धविच्छेद गरेका छन्। रिपोर्टका अनुसार पछिल्लो हप्ता सामंथा र नागा चैतन्य अ-आफ्नो चलचित्रको शूटिंगका लागि हैदराबादको रमनायडू स्टूडियोमा गएका थिए। यसैबिच दुवैले एक-अर्कालाई इग्नोर गरिरहेको देखियो। 

सामंथा आफ्नो आउँदो चलचित्र 'यशोदा'को शूटिंगका लागि त्यहाँ गएकी थिइन् भने नागा आफ्नो चलचित्र  'बंगाराजू'को शूटिंगका लागि स्टूडियो पुगेका थिए। यो सबका बिच खास कुरा यो पनि रहेको छ की दुवैले आ-आफ्नो टिमलाई एक-अर्कासँग भेट नहोस भनेर विशेष रूपमा भनेका थिए। दुवै एक-अर्कालाई डिस्टर्ब नगरी आ-आफ्नो शूटिंग सकेर घर फर्किए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×