यमनको राजधानी सानामा हवाई हमला, कम्तीमा ६ जनाको मृत्यु

जेन्सी । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई हमलामा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

सोमबार राति राजधानी सानामा गरिएको हवाई हमलामा परी ६ जना हुथी विद्रोही मारिएको यमनी सेनाका एक अधिकारीले बताए । सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×