गायक शानकी आमाको निधन

भारत। लोकप्रिय भारतीय गायक शानकी आमा सोनाली मुखर्जीको निधन भएको छ। यो कुराको जानकारी गायक कैलाश खेरले बिहिवार सामाजिक सञ्जालमार्फत दिएका हुन्। सोनाली मुखर्जी स्वयम् एक राम्रो गायिका थिइन्, जसले बुधबार अन्तिम सास लिइन्। तर, उनको निधन के कारणले भएको भन्ने कुराको खुलासा भइसकेको छैन। 

कैलाश खेरले पोस्टमा लेखेका छन्, "ठुलो दाई शानकी आमाको देहावसान भएको छ। परमेश्वरसँग दिवंगत आत्माको सद्गतिक लागि प्राथना। तीनै लोकका अधिपति भगवान शिवसँग प्रार्थना छ कि हाम्रो शान दाजुको परिवारलाई दु:ख सहने शक्ति मिलोस्। अनन्त प्रार्थना ॐ।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×