अर्जेन्टिनाका इमिलियानो मार्टिनेज विश्वकपको उत्कृष्ट गोलरक्षक

काठमाडौँ - अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन्। फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन्।

३६ वर्षपछि विश्वकपको उपाधि जित्नेक्रममा अर्जेन्टिनाले आइतबार कतारको लुसैल रंगशालामा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो। खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३-३ को बराबरी खेलेका थिए। अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो।

अर्जेन्टिनालाई जिताउन महत्त्वपूर्ण खेलमा नायक बनेका मार्टिनेजले प्रतियोगिताभर कुल ३ पेनाल्टी बचाएका थिए। उनले फाइनलअघि नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल खेलमा २ पेनाल्टी बचाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×