मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौँ - मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिएका छन्।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×