काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री नीता ढुंगानाले अभिनय मात्र नभई गायन र निर्देशन पनि गरिसकेकी छिन्। खबरका अनुसार उनले चाडै वेब सिरिज ‘श्रीमद्भगवत गीता’ को पनि निर्देशन गर्दैछिन्। साथै उनले चलचित्र पनि निर्देशन गर्ने सम्भावना रहेको छ। सिरिजको काममा ढिलाई भए उनले पहिला चलचित्र निर्देशन गर्ने जनाएकी छिन्। नीता फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा देखिने सम्भावना रहेको छ। किनभने बुधवार काठमाडौँबिच हरिहरले आफूलाई नीताको निर्देशनमा चलचित्रमा काम गर्ने इच्छा रहेको बताएका छन् भने नीताले पनि आफूले निर्देशन गर्ने फिल्ममा हरिहर अधिकारी हिरो हुने सम्भावना रहेको जनाएकी छिन्। जानकारीका अनुसार हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ। नेपाली सिने जगतमा जोडीको समबन्ध बारे बिभिन्न कुरा गरिएतापनि जोडीले ति कुराहरुलाई अस्विकार गर्दै आएका छन्।