आइतबारदेखि हराइरहेका यादव मृतावस्थामा फेला

काठमाडौँ । महोत्तरीमा आइतबारदेखि हराइरहेका एक पुरुष मृतावस्थामा फेला परेका छन्।

महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव पोखरीमा मृतावस्थामा भेटिएका हुन्। उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। उनकाअनुसार प्रारम्भिक चरणको अनुसन्धानबाट यादव आजै मात्र पोखरीमा डुबेका हुन्। आइतबारदेखि हराइरहेका उनी दुई दिनसम्म कहाँ कुन अवस्थामा थिए भन्ने बारे भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×