काठमाडौं - मोरङको बुढिगंगा गाउँपालिका–५ पोठिया चोकस्थित शिभम फुटवेयर चप्पल फ्याक्ट्रिमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा चप्पल बनाउने कच्चा पदार्थ जलेर करिब ३ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–२ चैवाङ बस्ने ६६ वर्षीय दल बहादुर बाठाको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब १७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।