प्रिमियर लिग : टोटेन्ह्याम साउथहेम्टनसँग ३-२ ले पराजित

काठमाडौँ-  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतनै बुधबार राति भएको खेलमा टोटेन्ह्याम साउथहेम्टनसँग ३-२ ले पराजित भएको छ। लिगमा टोटेन्ह्यामले दुईपटकको अग्रता जोगाउन नसक्दा पराजित भयो।

खेलमा बेडनरेकको आत्माघाती गोलमार्फत टोटेनह्यामले १८ औ मिनेटमा अग्रता लिएको थियो। तर ब्रोजाले २३ औ मिनेटमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा ७० औ मिनेटमा सन ह्युङ मिनले लुकास मौउराको पासलाई सदुपयोग गर्दै पुन टोटेनह्यामलाई अग्रता दिलाएका थिए।

तर ९ मिनेट पछिनै इल्योउनोउसीले साउथ हेम्टनलाई बराबरीमा ल्याए। टीमका लागि निर्णायक गोल भने आदम्सले ८२ औ मिनेटमा गरेका थिए। दोस्रो हाफका दुबै गोलमा वार्ड प्रोउसेले असिस्ट गरेका थिए।

हारपछि टोटेनह्यामको शिर्ष चारको संभावना कठिन भएको छ। २१ खेलबाट टोटेनह्याम ३६ अंक बनाएर ७ औ स्थानमा छ। त्यस्तै २३ खेल खेलेको साउथहेम्टन २८ अंकका साथ दशौं स्थानमा उक्लिएको छ।
बुधबारनै भएका अन्य खेलमा एस्टन भिल्ला र लिड्सले ३-३ गोलको बराबरी खेले। त्यस्तै क्रिश्टल प्यालेस र नर्विचले पनि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×