कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले बनाए टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी

काठमाडौँ- कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन्। आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन्।

पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए। फिलिपिन्सविरुद्ध नेपालले ३६ रनमा सुरुको दुई विकेट गुमाएको थियो। त्यसपछि कुशल भुर्तेल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी साझेदारी गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×