हलमा लागे ‘फर्की फर्की’ र ‘पुजार सार्की’

काठमाडौं । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि रिलिज भएका दुई नेपाली फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने देखिएको छ । काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि दुवै फिल्मको अकुपेन्सी सुखद् छ, जुन पहिलो सप्ताहन्तका लागि राहतपूर्ण खबर हो ।

बिहीबार बिहान ३० देखि ४० प्रतिशत अकुपेन्सी हाराहारीमा प्रदर्शन थालेका दुवै फिल्मले अपरान्हदेखि पिकअप लिने देखिन्छ । अनमोल केसी स्टारर ‘फर्की फर्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित पोखरा, बुटवल, नारायणगढ लगायतका सहरी क्षेत्रमा राम्रो अकुपेन्सी आत्मसात गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×