भारत। बहुप्रतिक्षित बलिउड चलचित्र 'अतरंगी रे'को ट्रेलर सार्वजनिक भएको छ। अक्षय कुमार, सारा अली खान र धनुष मुख्य भूमिकामा रहेको चलचित्रको निर्देशन आनंद एल रायले गरेका हुन्। आनंदले यसअघि 'राँझणा ','तनु वेड्स मनु','जीरो' लगायतका चलचित्र बनाईसकेका छन्। चलचित्र सिनेमाघरमा नभएर सिधै ओटिटि प्ल्याटफर्म 'डिज्नी प्लस हटस्टार'बाट प्रदर्शनमा आउनेछ। चलचित्रको कथा हिमांशु शर्माले लेखेका हुन् भने चलचित्रको संगीतकार एआर रहमान रहेका छन्। चलचित्र २४ डिसेम्बरबाट प्रदर्शनमा आउनेछ।
ट्रेलर