'विभाजित माओवादीबीच एकता आवश्यक छ' - प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीमा ल्याउनु जनयुद्धकै योगदान रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित् गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै नसक्ने बताए। २७औँ जनयुद्ध दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसुमदायमा शुभकामना व्यक्त गर्दै माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोधसमेत गरेका छन्। 

दिवसको सन्दर्भमा अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक-शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका छन्। “देशी–विदेशी प्रतिक्रियावादी शक्ति जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्, छरिएर रहेका माओवादी घटकलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन आग्रह गर्दछु। परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ।

नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि मुक्तियुद्धका रूपमा स्थापित भइसकेको र जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×