वेस्ट इन्डिजसँगकाे पहिलाे टी-२० क्रिकेटमा अस्ट्रेलिया विजयी

काठमाडौँ - वेस्ट इन्डिजसँगको पहिलो टी-२० क्रिकेट अस्ट्रेलियाले जितेको छ। कारारा मैदानमा पाहुना टोली वेस्ट इन्डिजले दिएको एक सय ४६ रनको लक्ष्य अस्ट्रेलियाले एक बल बाँकी छँदै सात विकेट गुमाएर भेटायो।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ५८ र म्याथु वाडेले ३९ रन बनाएका थिए। बलिङतर्फ वेस्ट इन्डिजका सेल्डन कट्रेल र अल्जारी जोसेफले २/२ विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केल मेयर्सले २९ र ओडियन स्मिथले २७ रन बनाएका थिए। बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवुडले ३ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २/२ विकेट लिएका थिए।

२ खेलको टी-२० शृङ्खला खेल्न वेस्ट इन्डिज अस्ट्रेलियाको भ्रमणमा रहेको छ। यी दुईबीचकाे दाेस्राे टी-२० आउँदाे शुक्रवार हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×