सूचना लुकाउनेलाई २० हजार जरिवाना

काठमाडौँ - आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन्। राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो। रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए। दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ मागेको थियो। साथै सूचना उपलब्ध गराउन आदेश पनि दिएको थियो। तर पनि पनिकाले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएको गुरुङले बताए। गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×