अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हरायो

काठमाडौँ - अस्ट्रेलियाले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ३१ रनले पराजित गरेको छ। अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनायो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक २९ रन बनाए भने अकिल हुसेनले २५ रनको योगदान दिएका थिए। अस्ट्रेलियका लागि मिचेल स्टार्कले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए। उनले ४ ओभरमा मात्र २० रन खर्चिएका थिए। प्याट कमिन्सले २ विकेट लिएका थिए।

यसअघि डेभिड वार्नरको विस्फोटक ब्याटिङको मद्दतले अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो। वार्नरले मात्र ४१ बलमा ७५ रन बनाएका थिए। उनले यसक्रममा १० चौका र ३ छक्का हिर्काए।

टीम डेभिडले ४२ रनको योगदान दिएका थिए। वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ३ विकेट लिए भने ओवेड म्याकोयले २ विकेट लिएका थिए। पहिलो खेलमा पनि अस्ट्रेलिया ३ विकेटले विजयी बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×